नियम १२
पद खारेज हुने
(१) निजामती सेवाको कुनै पद सृजना वा रिक्त भएको मितिले एक वर्षसम्म स्थायी पदपूर्ति नभएमा उक्त पद स्वतः
खारेज हुनेछ । यसरी खारेज भएको पद सम्बन्धी विवरण सम्बन्धित निकायले त्यस्तो पद खारेज भएको सात दिनभित्र सामान्य प्रशासन
मन्त्रालय र निजामती किताबखानालाई अनिवार्य रुपले दिनु पर्नेछ । त्यस्तो विवरण प्राप्त भए पछि सामान्य प्रशासन मन्त्रालय र
निजामती किताबखानाले सोको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।
तर लोक सेवा आयोगबाट पदपूर्तिको लागि कारबाही भैरहेको र बढुवाको कारबाही शुरु भै सकेको पद खारेज हुने छैन ।
(१क) कुनै पदका सम्बन्धमा बढुवा वा लोक सेवा आयोगमा पदपूर्तिको कारबाही भै रहेको जानकारी सम्बन्धित निकायले सामान्य प्रशासन मन्त्रालय र निजामती किताबखानालाई अनिवार्य रुपले दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खारेज भएका पदहरुको सूचना निजामती किताबखानाले सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय
र सेवा सम्बन्धी मन्त्रालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम एक वर्षसम्म रिक्त भई पद खारेज भएको विवरण नदिने पदाधिकारीलाई ऐनको दफा ६० को
खण्ड (घ) बमोजिम पदिय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको मानी अख्तियारवालाले विभागीय सजाय गर्नेछ ।
तर श्रेणीविहीन निजामती कर्मचारीको हकमा मुख्य कार्य र सहायक कार्य गर्ने पद छुट्याई सके पछि मात्र यो व्यवस्था लागू
हुनेछ ।
(४) राजपत्र अनङ्कित तृतीय, चतुर्थ र पाँचौँ श्रेणी तथा श्रेणी विहीन पदमा कार्यरत निजामती कर्मचारी अवकाश भएपछि त्यस्तो पद किताबखानाले स्वतः खारेज गरी अभिलेख अध्यावधिक गर्नेछ । त्यसरी खारेज भएको पदको जानकारी निजामती किताबखानाले सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयलाई दिनु पर्नेछ ।
तर ऐनको दफा ७ को उपदफा (४) बमोजिम मुख्य कार्य गर्ने भनी तोकिएका राजपत्र अनङ्कित पाँचौँ श्रेणीको वा श्रेणी
विहीन पद खारेज हुने छैन ।